+
+
Shares

प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ८ गते १६:२०

८ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनबीचको भेटवार्ता भएको छ ।

शनिबारदेखि नेपाल भ्रमणमा रहेकी सुआनसँग आइतबार दिउँसो प्रधानमन्त्री ओलीसँग भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्ध अझ प्रगाढ बनाउँदै लाने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दुई देशबीच रहँदै आएको समस्यारहित सम्बन्धलाई अझ प्रगाढ बनाउन दुवै नेताहरुले अनुभव आदान प्रदानका साथै सम्बन्ध विस्तारका विविध पक्षमा छलफल भएको हो ।

भेटमा सहभागी प्रधानमन्त्री ओलीको मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले दुई देशबीच सरकार–सरकार, व्यावसाय–व्यवसाय र जनता–जनताका साथै कूटनीतिक र सांस्कृतिक क्षेत्रको सम्बन्धलाई अझ बलियो बनाउने विषयमा कुराकानी भएको जानकारी दिए ।

नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा भियतनामका उपराष्ट्रपति सुआन शुक्रबार नेपाल आएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?