+
+
Shares

हैजा फैलिएको वीरगञ्जमा परिचालित भयो गौर प्रादेशिक अस्पतालको टोली

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ९ गते १५:१६
हैजा संक्रमित भएर नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा भर्ना भएका बिरामी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वीरगञ्ज आसपास क्षेत्रमा झाडापखाला र हैजा नियन्त्रणका लागि प्रादेशिक अस्पताल गौरबाट दुई जना चिकित्सकसहितको स्वास्थ्यकर्मी टोली पठाइएको छ।
  • सोमबार गौर प्रादेशिक अस्पतालका डा. परशुराम यादव र डा. विष्णुकुमार साह नेतृत्वको टोली वीरगञ्जको नारायणी अस्पतालमा पुगेको छ।
  • वीरगञ्जमा अहिलेसम्म ७९ जना हैजाका बिरामी र १०३ जना झाडापखालाजन्य लक्षण देखिएका बिरामी उपचाररत छन्।

९ भदौ, वीरगञ्ज । वीरगञ्ज महानगर आसपासमा देखिएको झाडापखाला र हैजा नियन्त्रणका लागि प्रादेशिक अस्पताल गौर रौतहटबाट दुई जना चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली वीरगञ्ज पुगेको छ ।

गत शुक्रबारदेखि वीरगञ्ज महानगर आसपास क्षेत्रमा झाडापखाला र हैजाका बिरामी देखापरेसँगै सोमबार गौर प्रादेशिक अस्पतालका डा. परशुराम यादव र डा. विष्णुकुमार साह नेतृत्वको स्वास्थ्यकर्मीको टोली वीरगञ्जको नारायणी अस्पतालमा आइपुगेको हो ।

प्रादेशिक अस्पताल गौरका अध्यक्ष मोहम्मद अनवर हासमीले वीरगञ्जमा झाडापखाला र हैजाका बिरामी देखापरेपछि आवश्यक सहयोग चिकित्सकसहितको टोली वीरगञ्ज पठाइएको जानकारी दिए ।

‘दुई जना चिकित्सक र तीन जना हेल्थ असिस्टेन्टसहितको टोली पठाएका छौँ’, उनले भने, ‘चिकित्सकसहित स्वास्थ्यकर्मीको टोलीले वीरगञ्ज आसपास क्षेत्रमा फैलिएको झाडापखाला र हैजा नियन्त्रणमा सहयोग गर्नुका साथै बिरामीको उपचारका लागि समन्वय गर्नुहुने छ ।’

वीरगञ्जमा अहिलेसम्म ७९ जना हैजाका बिरामी भेटिएका छन्भने झाडापखालाजन्य लक्षण देखिएका एक सय तीन जना यहाँका विभिन्न अस्पतालमा उपचारत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?