
News Summary
Generated by OK AI. Editorially reviewed.- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा ४४ मेगावाट क्षमताको भोटेकोशी–१ जलविद्युत् आयोजनाको हेडरेस सुरुङ \'ब्रेक थ्रु\' भएको छ।
- इलेक्ट्रो पावर कम्पनीले करिब १० अर्ब रुपैयाँ लगानीमा आयोजना निर्माण गरिरहेको छ।
- आयोजना निर्माणको करिब ८० प्रतिशत काम सकिएको र एक वर्षभित्रै सम्पन्न गर्ने योजना रहेको प्रवर्द्धक कम्पनीका अध्यक्ष मोहनविक्रम कार्कीले बताए।
९ भदौ, काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निर्माणाधीन भोटेकोशी– १ जलविद्युत् आयोजनाको हेडरेस सुरुङ ‘ब्रेक थ्रु’ भएको छ । सोमबार एक समारोहबीच सुरुङको ब्रेक थ्रु घोषणा गरिएको हो ।
४४ मेगावाट क्षमताको उक्त आयोजना इलेक्ट्रो पावर कम्पनीले करिब १० अर्ब रुपैयाँ लगानीमा निर्माण गरिरहेको हो ।
आयोजना अन्तर्गत ड्याम र पावर हाउस भोटेकोशी गाउँपालिका ३ र ४ मा बन्नेछन् ।
आयोजना निर्माणको काम एक वर्षभित्रै सक्नेगरी अघि बढाइएको प्रवर्द्धक कम्पनीका अध्यक्ष मोहनविक्रम कार्कीले बताए । कार्कीका अनुसार आयोजनाको करिब ८० प्रतिशत काम सकिएको छ ।
निर्धारित मितिभन्दा पहिल्यै काम सम्पन्न गरेको भन्दै जलविद्युत् आयोजना प्रवर्द्धक कार्कीलाई यसअघि विद्युत् विकास विभागले सम्मान पनि गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4