+
+
Shares

राज्य व्यवस्था समितिको सभापतिमा मंगलबार मनोनयन, ११ गते निर्वाचन

२७ सदस्यीय समितिमा नेपाली कांग्रेसका ९ जना छन् । नेकपा एमालेका ६ जना छन् । एमाले र कांग्रेस मिल्दा मात्रै समितिमा दुई दलको सांसद संख्या १५ पुग्छ । यो सभापति निर्वाचनका लागि बहुमत हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ९ गते १६:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन भोलि मनोनयन र पर्सी निर्वाचन गर्ने तालिका सार्वजनिक भएको छ।
  • भोलि दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ता हुनेछ र सवा ४ बजे उम्मेदवारहरूको नामावली प्रकाशन हुनेछ।
  • पर्सी दिउँसो ३ बजे समितिको बैठक बस्नेछ र सभापतिको निर्वाचन हुनेछ, सत्तापक्षले कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने जनाएको छ।

९ भदौ, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन तालिका सार्वजनिक भएको छ । जस अन्तर्गत भोलि मनोनयन र पर्सी निर्वाचन गर्ने तय भएको छ ।

राजय व्यवस्था समितिका सचिव कान्छा दुलालका अनुसार भोलि दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ता गर्ने, सवा ४ बजे उम्मेदवारहरूको नामावली प्रकाशन हुनेछ ।

पर्सी दिउँसो ३ बजे राज्य व्यवस्था समितिको बैठक बस्नेछ । जहाँ सभापतिको निर्वाचन हुनेछ ।

एक जनाको मात्रै उम्मेदवारी परे सर्वसम्मत हुनेछ । यदि दुई जनाको उम्मेदवारी परे निर्वाचन हुनेछ ।

सत्तापक्षले कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने भएका छन् । प्रतिपक्षले उम्मेदवार दिने कि नदिने तय भएको छैन ।

२७ सदस्यीय समितिमा नेपाली कांग्रेसका ९ जना छन् । नेकपा एमालेका ६ जना छन् । एमाले र कांग्रेस मिल्दा मात्रै समितिमा दुई दलको सांसद संख्या १५ पुग्छ । यो सभापति निर्वाचनका लागि बहुमत हो ।

यसबाहेक समितिका सत्तापक्षकै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका सर्वेन्द्रनाथ सुक्ला र जनमत पार्टीकी अनिता देवी र जनता समाजवादी पार्टी (जसपा) का अशोककुमार राई सदस्य छन् । यो ३ थपिँदा समितिमा सत्तापक्षको संख्या १८ पुग्छ ।

राज्य व्यवस्था समितिमा कांग्रेसबाट सांसदहरू अम्बिका बस्नेत, गगनकुमार थापा, दिलेन्द्रप्रसाद बडू, विश्वप्रकाश शर्मा, सरिता प्रसाई, हृदयराम थानी, पूर्णवहादुर खड्का, ईश्वरीदेवी न्यौपाने र रामहरि खतिवडा सदस्य रहेका छन् ।

एमालेका कृष्णगोपाल श्रेष्ठ, मेनका कुमारी पोख्रेल, बासुदेव घिमिरे, लीलानाथ श्रेष्ठ, राजेन्द्रकुमार राई र पदम गिरी पनि यही समितिको सदस्य छन् ।

यसबाहेक राज्य व्यवस्था समितिमा माओवादी केन्द्रका हितराज पाण्डे, पुष्पकमल दाहाल प्रचण्ड र दुर्गा राई सदस्य छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का चन्दा कार्की (भण्डारी), रवि लामिछाने (निलम्बित) सदस्य छन् ।

राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे, जनता समाजवादी पार्टी नेपालका प्रकाश अधिकारी र राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) का बुद्धिमान तामाङ सदस्य रहेका छन् । यसरी विपक्षमा रहेका दलका सांसदहरूको संख्या ९ मात्रै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?