+
+
Shares

कैलाली कारागारमा एक थुनुवाकाे मृत्यु

जबरजस्तीकरणी मुद्दामा पुर्पक्षमा रहेका टीकापुर नगरपालिका-४ का ५६ वर्षीय रामकिसन चाैधरीकाे साेमबार दिउँसो मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ९ गते १६:४९

९ भदौ, धनगढी । कैलाली कारागारमा एक थुनुवाकाे मृत्यु भएको छ ।

जबरजस्तीकरणी मुद्दामा पुर्पक्षमा रहेका टीकापुर नगरपालिका-४ का ५६ वर्षीय रामकिसन चाैधरीकाे साेमबार दिउँसो मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।

कारागारका जेलर प्रकाश ढुंगानाका अनुसार रिंगटा लागेकाे भनेपछि चाैधरीलाई उपचारका लागि दिउँसो साढे २ बजेतिर सेती प्रादेशिक अस्पताल लगिएको थियो ।

अस्पताल पुर्‍याइएको केहीबेरमै चिकित्सकले चाैधरीलाई मृत घाेषणा गरेका थिए ।

उनकाअनुसार जबरजस्तीकरणी मुद्दामा थुनामा राखिएका चाैधरीलाई उच्च रक्तचापकाे समस्या थियो ।

ढुंगानाले चिकित्सकले उच्च रक्तचापकै कारण चाैधरीकाे मृत्यु भएकाे कुरा बताएका छन् । यद्यपि थप कुरा शव परीक्षणपछि खुल्ने उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?