+
+
Shares

न्यूह बज्राचार्यको संगीतमा शिव स्तुति ‘शिवोहम्’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १० गते १६:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लोकप्रिय संगीतकार न्यूह बज्राचार्यको संगीतमा तयार भएको शिव स्तुति 'शिवोहम्' युट्युबमा रिलिज भएको छ।
  • गीतमा नर्वदा श्रेष्ठका शब्द र बानिका प्रधानको स्वर छ भने भिडियो अनिल तण्डुकारले सम्पादन गरेका छन्।
  • न्यूहले गीत तयार पार्दा चुनौती महसुस गरेको र यो गीतको पृष्ठभूमिको किस्सा सुनाएका छन्।

काठमाडौं । लोकप्रिय संगीतकार न्यूह बज्राचार्यको संगीतमा तयार भएको शिव स्तुति ‘शिवोहम्’ युट्युबमा रिलिज भएको छ ।

यो शिव आराधनामा नर्वदा श्रेष्ठका शब्द र बानिका प्रधानको कर्णप्रिय स्वर छ । यो भक्तिगीतले श्रोतालाई आकर्षित गर्छ ।

‘शिवोहम्’ गीतमा नर्वदाको लेखन र वानिकाको स्वरले सुगन्ध थपेको छ । संगीतकार बज्राचार्यले गीतलाई कर्णप्रिय तुल्याएका छन् । तपाईंलाई आध्यात्मिक संगीतमा रुचि छ भने गीत आकर्षक लाग्नसक्छ ।

भिडियो पनि शिव महिमा र आरधानाको शैलीमा आकर्षक ढंगले तयार पारिएको छ । अनिल तण्डुकारले भिडियो सम्पादन गरेका छन् ।

गीतले युट्युबमा सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । नेपालीभाषामा यस्तो गीत बन्नुले भाषा र संस्कृतिको रक्षा गर्ने भन्दै दर्शकले प्रतिक्रिया दिएका छन् ।

शिवको स्तुतिमा गाइएको उत्तम प्रस्तुति भन्दै एक सामाजिक संजाल प्रयोगकर्ताले यसको प्रशंसा गरेका छन् । तीजको छेकोमा सार्वजनिक गरिएको यो गीत धेरैका लागि प्रीतकर बन्ने निश्चित छ ।

संगीतकार बज्राचार्यले यो गीतको पृष्ठभूमिको किस्सा सुनाए । आफूले गीतकार नर्वदालाई अमेरिकाका कुनैबेला भेटेको तर बिर्सिसकेको बताए । ‘बिर्सि पनि सकेको रहेछु मैले । धेरैवर्षपछि अचानक उसले मलाई, दाई मैले एउटा गीत लेखेको छु, मलाई संगीत गर्दिनूस न भनिन्’ न्यूहले सम्झिए ।

आफूलाई शिवको भजन पहिलोपटक गीतकारले पठाएको र आफ्ना लागि यो गीत तयार पार्नु चुनौतिपूर्ण रहेको उनले सम्झिए ।

‘प्रायःले मलाई लभ सङ् पठाउँछन्, आधुनिक टाइपको गीत पठाउँछन् । राष्ट्रिय गीत पनि पठाउँछन्’ न्यूहले भने, ‘शिवको भजन पहिलोपटक कसैले पठाएको हो । संगीतकारको रुपमा मलाई पनि चुनौति जस्तै लाग्यो । धेरै सोचेर यो गीतमा संगीत सिर्जना गरेको हो । भ्वाइसले साकारै गरिदियो ।’

न्यूहकै युट्युब च्यानलबाट गीत रिलिज भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?