+
+
Shares

भारतबाट ४० हजार टन गहुँ आयात गरिँदै, प्रस्ताव आह्वान

उद्योगले आफ्नो स्वीकृत वार्षिक योजना अनुसार आयात गर्नुपर्ने भएको छ । कोटा प्राप्त भए पनि ३ महिनाभित्र आयात गरिसक्नु पर्ने  छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १० गते १८:३२

१० भदौ, काठमाडौं । सरकारले भारतबाट ४० हजार टन गहुँ आयात गर्न प्रस्ताव आह्वान गरेको छ ।

भारत सरकारले भारतीय कम्पनी नेसनल कोअपरेटिभ एक्सपर्ट लिमिटेड मार्फत उक्त परिमाणमा गहुँ आयातको कोटा दिएको छ । खाद्य तथा मैदा उद्योगलाई उद्योग विभागले ७ दिनको समय दिएर प्रस्ताव पेस गर्न भनेको छ ।

विभागका अनुसार तोकिएको अवधिभित्र गहुँ आयात सुनिश्चितता गरेका उद्योगीलाई मात्र कोटा वितरण गरिने भएको छ ।

यसअघि कोटा पाएर पनि गहुँ आयात नगर्ने उद्योगीले भने कोटा पाउने छैनन् । उद्योग दर्ता भएको हुनुपर्ने, उद्योगको वार्षिक योजनामा कच्चा पार्थका रूपमा गहुँ प्रयोग गर्ने उल्लेख हुनुपर्ने समेत लेखिएको छ ।

उद्योगले आफ्नो स्वीकृत वार्षिक योजना अनुसार आयात गर्नुपर्ने भएको छ । कोटा प्राप्त भए पनि ३ महिनाभित्र आयात गरिसक्नु पर्ने  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?