
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुनको भाउ प्रतितोला १ लाख ९९ हजार रुपैयाँ तोकेको छ।
- सुनको भाउ अघिल्लो दिनको तुलनामा ३ सय रुपैयाँले बढेको छ।
- चाँदीको भाउ १५ रुपैयाँ घटेर २३४५ रुपैयाँमा झरेको छ।
११ भदौ, काठमाडौं । बुधबार सुनको भाउ फेरि रेकर्ड नजिक पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ९९ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिनको तुलनामा आज ३ सय रुपैयाँ बढेको हो ।
हिजो १ लाख ९८ हजार ७ सय रुपैयाँ थियो । साउन २३ गते सुनको भाउले हालसम्मकै उच्च १ लाख ९९ हजार ४ सय रुपैयाँको रेकर्ड बनाएको छ । तीन साता नपुग्दै सुनको भाउ फेरि रेकर्ड नजिक पुगेको हो ।
चाँदीको भाउ घटेको छ । अघिल्लो दिन २३६० रुपैयाँ रहेकोमा आज १५ रुपैयाँ घट्दै २३४५ रुपैयाँमा झरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4