
News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता केदार घिमिरेले इमाडोलस्थित कोर्टमा ब्याडमिन्टन खेल्दा लडेर दाहिने हातको कुहिनोमा चोट लागेको बताए।
- उनी चोटका बाबजुद बुधबार बिहान 'माग्ने राजा' फिल्मको प्रचारप्रसारमा पुगेका थिए।
- चोटको उपचारका लागि केदार घिमिरे एभरेस्ट अस्पताल पुगेका छन् र एक्स–रेपछि थप जानकारी थाहा हुने उनले बताए।
काठमाडौं । ब्याडमिन्टन खेल्दा लडेर हातमा चोट लागेपछि अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ घाइते भएका छन् ।
मंगलबार इमाडोलस्थित घर नजिकको कोर्टमा ब्याडमिन्टन खेल्दा चिप्लिएर उनी लडेका थिए । दाहिने कुहिनो भुइँमा बज्रिँदा कुममा समस्या देखिएको उनले बताए ।
हातमा ब्यान्डेज बाँधेर उनी केही हलमा पुगेर बुधबार बिहान ‘माग्ने राजा’ फिल्मको प्रचारप्रसारमा पनि गरे । तरपनि असह्य पीडा भएपनि उनी उपचारका लागि एभरेस्ट अस्पताल पुगेका छन् ।
‘दाहिने हातको कुममा समस्या छ । दुःखाइ एकदमै भैरहेको छ’ अनलाइनखबरसँग उनले भने, ‘हातको समस्याले प्रचारप्रसार र छायांकन प्रभावित हुनसक्छ ।’ अरु कुरा, एक्स–रे गरेपछि मात्र थाहा हुने उनले बताए ।
केदार अभिनित फिल्म ‘माग्ने राजा’ अहिले प्रदर्शन भैरहेको छ ।
भएको के हो ?
माग्ने बुढाले बुधबार एभरेस्ट अस्पतालमा उपचार गराए । डाक्टर सम्पूर्ण महर्जनले उनको हातको जाँच गरेका थिए ।
डाक्टरको सल्लाहअनुसार माग्ने बुढाले ४ साता हातको आराम गर्नुपर्नेछ । डाक्टरले उनको दायाँ हातको क्ल्याभिकलमा चिप फ्याक्चर डिस्टलको समस्या भएको बताएका थिए ।
प्रतिक्रिया 4