+

एन्फा महिला लिग छनोटमा चर्च ब्वाइजको तेस्रो जित

२०८२ भदौ  ११ गते १७:०३ २०८२ भदौ ११ गते १७:०३
एन्फा महिला लिग छनोटमा चर्च ब्वाइजको तेस्रो जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चर्च ब्वाइज युनाइटेडले एन्फा महिला लिग छनोटको समूह ए मा लगातार तेस्रो जित हात पारेको छ।
  • बुधबार च्यासल स्टेडियममा चर्च ब्वाइजले स्टुडेन्ट्स फुटबल क्लबलाई ४-० ले पराजित गरेको छ।
  • बर्षा मगर, सरिता कुमारी नाथ, बर्षा ओली र आरती भुजेलले गोल गरेपछि चर्च ब्वाइजले लगातार तीन खेलमा जित हासिल गरेको छ।

११ भदौ, काठमाडौं । एन्फा महिला लिग छनोटमा चर्च ब्वाइज युनाइटेडले लगातार तेस्रो जित हात पारेको छ ।

छनोटको समूह एमा रहेको चर्च ब्वाइजले बुधबार च्यासल स्टेडियममा भएको खेलमा स्टुडेन्ट्स फुटबल क्लबलाई ४-० ले पराजित गरेको हो ।

चर्च ब्वाइजको लागि बर्षा मगरले ३७औं मिनेटमा गोल गर्दै अग्रता दिलाएकी थिइन् । दोस्रो हाफमा चर्च ब्वाइजले तीन गोल थप्यो ।

सरिता कुमारी नाथले ६५औं मिनेटमा अग्रता दोब्बर पारिन् । बर्षा ओलीले ७५औं र आरती भुजेलले इन्जुरी टाइमको छैटौं मिनेटमा गोल गरे ।

चर्च ब्वाइजेल यसअघि एफसी रिलेलाई ६-० ले र आरएस रिसोर्ट एण्ड बिच फुटबल क्लबलाई १-० ले पराजित गरेको थियो ।

एन्फा महिला लिग छनोट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय