News Summary
Generated by OK AI. Editorially reviewed.- ललितपुरको जावलाखेलस्थित डीएभी सुसिल केडिया विश्व भारती स्कुलले पहिलो 'लेट सुसिल केडिया मेमोरियल स्पोर्ट्स गाला २०२५' सम्पन्न गरेको छ।
- साउन २४ देखि भदौ ११ गतेसम्म चलेको प्रतियोगितामा ९१ विद्यालयले छ वटा खेलमा प्रतिस्पर्धा गरेका थिए।
- क्रिकेटमा नेपाल पुलिस स्कुलले उपाधि जित्दा फुटबलमा कान्जिरोवा स्कुल, टेवल टेनिसमा युनाइटेड र ब्याडमिन्टनमा नेपाल पुलिस स्कुल विजेता बनेका छन्।
११ भदौ, काठमाडौं । ललितपुरको जावलाखेलस्थित डीएभी सुसिल केडिया विश्व भारती स्कुलले आयोजना गरेको पहिलो ‘लेट सुसिल केडिया मेमोरियल स्पोर्ट्स गाला २०२५’ सम्पन्न भएको छ।
साउन २४ देखि भदौ ११ गतेसम्म २० दिन चलेको यस प्रतियोगितामा ९१ विद्यालय सहभागी भएका थिए।
छ वटा खेलमा प्रतिस्पर्धा भएको गालामा विभिन्न विद्यालयले उपाधि हात पारे। क्रिकेटतर्फ नेपाल पुलिस स्कुलले फाइनलमा एलआरआईलाई पराजित गर्दै उपाधि जित्यो। फाइनलमा पुलिस स्कुलका आर्यन शाहले उत्कृष्ट प्रदर्शन गरे भने एलआरआईका अभि थपलिया प्रतियोगिताकै उत्कृष्ट खेलाडी बने।
फुटबलमा कान्जिरोवा स्कुलले उपाधि जित्दा मोर्डन इन्डियन स्कुल दोस्रो र डीएभी तेस्रो स्थानमा रहे।
तेक्वान्दोतर्फ श्री विष्णुदेवी स्कुलले प्रथम स्थान हात पारे। पुरुष बास्केटबलमा एलआरआई विजेता र ज्ञानोदय दोस्रो बने भने महिला बास्केटबलमा जेम्स स्कुलले उपाधि जित्यो।
टेबल टेनिसतर्फ पुरुष टिममा युनाइटेड र महिला टिममा एभीएम विजेता बने। त्यस्तै ब्याडमिन्टनमा नेपाल पुलिस स्कुलले उपाधि जित्यो।
प्रतियोगिताका विभिन्न खेलमा उत्कृष्ट खेलाडी, उदाउँदो खेलाडी र विशेष अवार्डहरू वितरण गरिएको आयोजकले जनाएको छ।
प्रतिक्रिया 4