+
+
Shares

अरनिको पाँडेमाथिको आरोप के हो ?

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १२ गते १५:२८

१२ भदौ, काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं योजना आयोगका पूर्वसदस्य अरनिको पाँडेलाई बुधबार पक्राउ गर्‍यो ।

एक पीडितको जाहेरीका आधारमा भन्दै पक्राउ गरेको प्रहरीले उनीमाथि विद्युतीय कारोबार ऐन (साइबर क्राइम) गरेको आरोपमा अनुसन्धान अघि बढेको जनाएको छ ।

पाँडे निकटका रास्वपा कार्यकर्ताहरूको दाबीमा, प्रहरीले बोलाएपछि साइबर ब्यूरो पुगेका पाँडेलाई त्यहीँबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसपछि उनलाई भेट्न पूर्वमन्त्री एवं सांसद सुमना श्रेष्ठ प्रहरी कार्यालय पुगेकी थिइन् ।

प्रहरीले बिहीबार उनीमाथि जिल्ला अदालत काठमाडौंबाट म्याद थपेर थप केही दिन थुनामा राख्ने तयारी गरेको हो ।

प्रहरीका अनुसार, पाँडेले एक महिलालाई ह्वाट्सएपमा पठाएको म्यासेज र मेल आपत्तिजनक देखिन्थ्यो ।

अश्लिलताको अर्थ लाग्ने विद्युतीय सन्देश पठाएको आरोपमा पाँडेलाई पक्राउ गरेको हो । पाँडेनिकटका एक व्यक्तिका अनुसार, उक्त म्यासेजका कारण साइबर कानुनको उल्लंघन भएको छैन ।

‘ती महिलाले अनेक अर्थ लाग्ने म्यासेज पठाएर हैरान पारेकी थिइन, त्यही झोकमा एकपटक मात्रै आइन्दा मलाई म्यासेज नगर्नु भनेर उहाँले म्यासेज पठाउनुभएको रहेछ,’ ती नेताले भने, ‘त्यसैलाई आधार मानेर ती महिलाले जाहेरी दिएकी थिइन, त्यही आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।’

बारम्बार म्यासेज गरेर हैरान बनाएपछि आक्रोशयुक्त प्रतिक्रियासम्म पठाएको तर त्यसले साइबर क्राइम नहुने भन्दै रास्वपाका नेताहरूले पाँडेमाथिको पक्राउलाई राजनीतिक प्रतिशोध भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?