+
+
Shares

फिल्ममा फर्कियो ‘माइतीघर’ को बहुचर्चित गीत ‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १२ गते १६:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘माइतीघर’को शीर्ष गीत ‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’को रि-क्रिएसन संस्करण युट्युबमा रिलिज भएको छ।
  • गीतमा सञ्जिवनीको स्वर, किरण खरेलका शब्द र जयदेवको संगीत छ भने भिडियोमा उपासनासिंह ठकुरी र श्यामाश्री शेर्पाको अभिनय छ।
  • फिल्म असोज १३ गते दशैंको फूलपातीबाट प्रदर्शन हुने र रोहित अधिकारी फिल्म्सको ब्यानरमा निर्माण भएको जनाइएको छ।

काठमाडौं । फिल्म ‘माइतीघर’को शीर्ष गीत सार्वजनिक भएको छ । अघिल्लो सोही नामको फिल्मको गीत ‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ बोलको गीतलाई रि-क्रिएसन गरिएको हो ।

जुन, विहिबार युट्युबमा रिलिज भएको छ । गीतमा सञ्जिवनीको स्वर, किरण खरेलका शब्द र जयदेवको संगीत छ ।

गीतको मौलिक संस्करणमा आशा भोस्लेको स्वर थियो । भिडियोमा उपासनासिंह ठकुरी र श्यामाश्री शेर्पाको अभिनय छ ।

मानकृष्ण महर्जन र सुसन प्रजापतिको छायांकन रहेको फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन छ । कविराज गहतराजले नृत्य निर्देशन गरेका हुन् ।

लोकेशन र छायांकनपक्षले पनि दर्शकलाई आकर्षित गर्ने देखिन्छ । मिलन तामाङको निर्देशनमा तयार भएको यो फिल्ममा रविन शेरचन र धीरज तामाङको लगानी छ ।

ईश्वर श्रेष्ठ र निरज कटुवाल कार्यकारी निर्माता रहेको फिल्ममा रामशरण पाठकको पटकथा छ ।

फिल्ममा केदार घिमिरे, धीरज मगर, प्रकाश सपुत, युवराज लामा, वुद्धि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापाको पनि अभिनय छ ।

रोहित अधिकारी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म असोज १३ गते दशैंको फूलपातीबाट प्रदर्शन हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?