+
+
Shares

सुर्खेत उडेको जहाज मौसम खराब हुँदा नेपालगञ्ज अवतरण

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १२ गते १७:२०

१२ भदौ, काठमाडौं । काठमाडौंबाट सुर्खेत उडेको बुद्ध एयरको जहाज मौसम खराबीका कारण नेपालगञ्ज विमानस्थल डाइभर्ट भएको छ ।

बुद्धको उडान नम्बर १३७ जहाज बिहीबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको सुर्खेतको मौसम खराब भएपछि नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको बुद्धले जनाएको छ ।

बुद्धको ७२ सिट क्षमतायुक्त जहाज ‘एटीआर७२–५००’ का सबै यात्रु सकुशल रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?