
१५ भदौ, काठमाडौं । बजारमा काउलीको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले काउलीको भाउ घटेको देखाएको हो ।
बजारमा स्थानीय र तराई गरी २ प्रकारका काउली किन्न पाइन्छ । समितिको तथ्यांकले आज आइतबार दुवै काउलीको भाउ घटेको देखाएको हो ।
आज कालीमाटी बजारमा स्थानीय काउली थोकमा प्रतिकिलो न्यूनतम ८० देखि अधिकतम ९० रुपैयाँमा किनबेच भइरहेको छ ।
हिजो शनिबार स्थानीय काउली थोकमा प्रतिकिलो न्यूनतम ९० देखि अधिकतम १०० रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै तराई काउली आज आइतबार थोकमा प्रतिकिलो न्यूनतम ६५ देखि अधिकतम ७५ रुपैयाँमा किनबेच भइरहेको छ । हिजो शनिबार भने तराई काउली प्रतिकिलो थोकमा न्यूनतम ८० देखि अधिकतम ९० रुपैयाँमा किनबेच भएको थियो ।
एक साताअघि बजारमा स्थानीय काउली प्रतिकिलो थोकमा औसत १ सय २६ रुपैयाँमा किनबेच भएको थियो ।
एक साताअघिको तुलनामा स्थानीय काउलीको भाउ ३२ प्रतिशतसम्म घटेको तथ्यांकले देखाउँछ । यस्तै तराई काउलीको भाउ पनि एक साता अवधिमा ३५ प्रतिशत घटेको छ ।
प्रतिक्रिया 4