+
+
Shares

दूध उत्पादक किसान र प्रहरीबीच घम्साघम्सी (तस्वीरहरू)

दूध उत्पादक किसानहरुले काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थानको कार्यालय अगाडि प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले हस्तक्षेप गरेको हो ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ भदौ १५ गते १३:०५

१५ भदौ, काठमाडौं । दूध उत्पादक किसानहरुले काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थानको कार्यालय अगाडि प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले हस्तक्षेप गरेको हो ।

त्यसक्रममा केहीबेर प्रहरी र प्रदर्शनकारी बीच घम्साघम्सी परेको थियो ।

दुग्ध विकास संस्थान लगायतका सम्बन्धित निकायलाई दूधको मूल्य भुक्तानीका बारेमा पटक–पटक ध्यानाकर्षण गराउँदै आउँदा पनि सम्बोधन नभएपछि अखिल नेपाल किसान महासंघको अगुवाइमा किसानहरुले डीडीसी कार्यालय अगाडि प्रदर्शनसहित धर्ना दिन खोजेका थिए ।

प्रदर्शनमा काभ्रे, नुवाकोट, धादिङ लगायत काठमाडौं उपत्यका र आसपासका किसानहरुको सहभागिता छ ।

उनीहरुले ‘दूधको बक्यौता रुकम तुरुन्त भुक्तानी गर’, ‘दूध सडकमा फाल्नुपर्ने परिस्थितिबाट किसानलाई मुक्त गर’, ‘दूग्ध विकास संस्थान किन सधैं घाटामा ?’ ‘दुग्ध उत्पादक किसान मार्न पाइँदैन’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेका छन् ।

 

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?