+
+
Shares

बाराका नेता–कार्यकर्तासँग भेटवार्तामा विद्या भण्डारी

वीरगञ्ज उद्योग वाणिज्य संघको कार्यक्रममा भाग लिन भण्डारी मधेश झरेकी हुन् । हिजै संघको कार्यक्रम सकिए पनि भण्डारी भोलिसम्म बारामै बस्ने भएकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १५ गते १४:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी बाराका नेता–कार्यकर्तासँग भेटवार्ता गरिरहेकी छन्।
  • भण्डारी वीरगञ्ज उद्योग वाणिज्य संघको कार्यक्रममा भाग लिन मधेश झरेकी हुन् र भोलिसम्म बारामै बस्ने भएकी छन्।
  • गढीमाइ मन्दिर पुगेर महागढीमाइ नगरपालिकाका मेयर उपेन्द्र यादवसहित स्थानीयले स्वागत गरेका थिए।

१५ भदौं, बारा । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बाराका नेता–कार्यकर्ताहरुसँग भेटवार्ता गरिरहेकी छन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघको कार्यक्रममा भाग लिन भण्डारी मधेश झरेकी हुन् । हिजै संघको कार्यक्रम सकिए पनि भण्डारी भोलिसम्म बारामै बस्ने भएकी हुन् ।

‘आज कलैयामा केही कार्यक्रमहरु तय भएको छ । भोलिसम्म यतै रहन्छौं’, भण्डारीसँगै रहेका नेता प्रकाश पौडेलले भने । उनका अनुसार सामाजिक संघसंस्थाका कार्यक्रम सँगै भेटवार्ता चलिरहेको छ ।

पूर्वराष्ट्रपति भण्डारी आज बिहान गढीमाइ मन्दिर पुगेकी थिइन् । उनलाई महागढीमाइ नगरपालिकाका मेयर उपेन्द्र यादव सहितका स्थानीयले स्वागत गरेका थिए ।

गढीमाइबाट फर्किएपछि मदन भण्डारी फाउण्डेसन बीरगञ्जको कार्यक्रममा सहभागी भइन् । फाउण्डेसनले सरकारी सेवामा नाम निकाल्ने युवाहरुलाई सम्मान कार्यक्रम राखेको थियो । सम्मान कार्यक्रमपछि स्थानीय नेताहरुसँग भेटघाट चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?