+
+
Shares

सुसेला काव्यशालामा गुञ्जिए नारायण ढकालका कविता र गीत

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १६ गते ११:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुसेला काव्यशालामा गुञ्जिए नारायण ढकालका कविता र गीत
  • कार्यक्रममा ढकालका १० कवितासहित सुसेला समूहले चारवटा गीत प्रस्तुत गरेको थियो।

१६ भदौ, काठमाडौं । सुसेला काव्यशालाको छैटौँ श्रृंखलामा लेखक नारायण ढकालले प्रस्तुति राखेका छन् । सुसेला संगीत समूहको आयोजनामा काठमाडौको शंखमुलमा आयोजित कार्यक्रममा ढकालका कवितासहित सांगितिक प्रस्तुति सुनाइएको थियो ।

कार्यक्रममा ढकालका १० वटा कविताका साथ सुसेला समूहले चारवटा गीत प्रस्तुत गरेको थियो । जसमा ढकालले चार दशकअघि लेखेको एक गीतसमेत समेटिएको थियो ।

५ दशक लामो यात्राका क्रममा उनले सामाजिक राजनीतिक आन्दोलनमा जोडिएर पत्रकार, राजनीतिज्ञलगायत विभिन्न पहिचान बनाएका छन् । ढकालका दुर्भिक्ष, प्रेत संवाद, इरफान अली, वृषभबध, शोकमग्न यात्री, हजार माइलको बाटो, पीत संवाद, अन्तिम पात, नारायण ढकालका कथालगायतका पुस्तकहरू प्रकाशित छन् ।

सांगीतिक कार्यक्रमसहितको उक्त कार्यक्रममा उपस्थित भई कविता बाचन गर्दा आफूलाई फरक अनुभूति भएको ढकालले बताए । समारोहमा खगेन्द्र सङ्ग्रौला, शार्दूल भट्टराई, हरि रोका, तुलसीदास महर्जन, कुमार उपाध्याय, नारायण अमृत, विनोदबिक्रम केसीलगायतको उपस्थित रहेको थियो ।

सुसेला काव्यशाला दुई वर्षअघिदेखि हरेक महिनाको पहिलो शनिबार आयोजना हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?