+
+
Shares

‘क्विन २’ र ‘तनु वेड्स मनु ३’को तयारीमा जुटिन् कंगना

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १६ गते १३:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री कंगना रनौतले नोभेम्बर २०२५ मा विकास बहलसँग 'क्वीन २' को छायांकन सुरु गर्ने तयारीमा छिन्।
  • कंगना 'तनु वेड्स मनु ३' मा आनन्द एल रायसँग सन् २०२६ को सुरुवातसम्म फ्लोरमा जान लक्ष्य राखिएको छ।
  • 'क्वीन २' र 'तनु वेड्स मनु ३' दुवै फिल्मलाई बक्स अफिसमा राम्रो कमाइ हुने अपेक्षा गरिएको छ।

मुम्बई । पछिल्लो दशकमा अभिनेत्री कंगना रनौतले क्वीन, तनु वेड्स मनु, र तनु वेड्स मनु रिटर्न्स’जस्ता यादगार फिल्म दिइन् ।

यी फिल्मबाट कंगनाले नाटकीय सफलताको स्वाद चाखिन् । आजपनि ‘तनु वेड्स मनु’को सिक्वेल हिन्दी सिनेमाको सबैभन्दा धेरै कमाउने महिला निर्देशित फिल्ममध्ये मध्ये एक हो ।

कंगनालाई लिएर नयाँ खबर छ । पिंकभिल्लाका अनुसार कंगना क्रमशः ‘क्वीन २’ र ‘तनु वेड्स मनु ३’मा विकास बहल र आनन्द एल रायसँग पुनर्मिलनको तयारीमा छिन् ।

स्रोतका अनुसार, कंगनाले नोभेम्बर २०२५ बाट ‘क्वीन’को सिक्वेलको छायांकन सुरु गर्ने तयारीमा छिन् ।

‘विकास बहलले क्वीन २ को पटकथा तयार पारिसकेका छन् र हाल बेलायतमा लोकेसन खोज्ने काम भैरहेको छ’ स्रोतले भन्यो, ‘पहिलो भाग जस्तै, सिक्वेल पनि भारत र विदेशमा सेट गरिएको छ । विकास बहल र टोलीले पहिचान गरेको अन्तर्राष्ट्रिय स्थानमध्ये एक लन्डन हो ।’

बलियो पटकथा तयार भएपछि ‘क्विन’ बनाउने अवधारणा सुरु भएको र यसलाई लिएर टोली उत्साहित भएको जनाइएको छ । ‘क्विन २’पछि कंगना ‘तनु वेड्स मनु’को श्रृंखलामा ब्यस्त हुनेछिन् ।

‘आनन्द एल राईले तनु वेड्स मनु ३ को स्क्रिप्ट पहिले नै लेखिसकेका छन् र उनको अर्को निर्देशनमा बनेको फिल्म- ‘तेरे इश्क में’को रिलिज पछि सन् २०२६ को सुरुवातसम्ममा फिल्मलाई फ्लोरमा लैजाने लक्ष्य राखिएको छ’ स्रोतले भन्यो ।

‘तनु वेड्स मनु ३’मा कंगनाको धेरै भूमिका हुनेछ । अघिल्ला भागहरू जस्तै, यो पनि कमेडी र ड्रामाको हृदयस्पर्शी कथा हुनेछ ।

‘यो फिल्ममा कंगना रनौत र आर माधवनको पुनः सहकार्य हुनेछ’ स्रोतले भन्यो, ‘पटकथा राम्रोसँग तयार भइसकेको छ र निर्माता फिल्मलाई फ्लोरमा लैजान उत्साहित छन् ।’

‘क्वीन २’ र ‘तनु वेड्स मनु ३’ दुवै बक्स अफिसमा पैसा कमाउने अपेक्षा गरिएका फिल्म हुन्, किनकि अघिल्ला भागलाई दर्शकले रुचाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?