+
+
Shares

इन्सपेक्टर सुवेदीको ‘कातिल नजर’ !

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १६ गते २०:२६

काठमाडौं । प्रहरी निरीक्षक (इन्सपेक्टर) एवं गजलकार बुद्धि सुवेदीको गजल ‘कातिल नजर’को भिडिओ सार्वजनिक भएको छ । गजलमा प्रमोद खरेलको स्वर रहेको छ ।

ध्रुव विस्को (ध्रुवतारा) को संगीत रहेको गीतको भिडियोमा हेमन्त भट्टाराई निर्माता रहेका छन् ।

भिडियोमा चिरञ्जीवि सापकोटा (जीबी चिरन) र अश्विनी शाहीको मुख्य भूमिका रहेको छ भने विकास खनाल, सोहज खान, कलेन्द्र सेजुवाल, रोशन विश्वकर्मा, जगदीश रेग्मी, भरत शाही ठकुरी, गोपाल दाहाल र कृष्ण सापकोटाले साथ दिएका छन् ।

गीतको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ नरेन्द्र बियोजीले गरेका हुन् भने रेकर्डिङ सामुएल थामीले वेभ स्टुडियोमा गरेका हुन् ।

भिडियोको कोरियोग्राफी सुरेन्द्र बासेलको रहेको छ । दिन्सन शाहले सम्पादन र रंग संयोजन गरेका भिडियोको छायांकन दिनेश पराजुलीको टोलीले गरेको हो ।

गीतको भिडियो आश्रिया क्रियशनको युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?