+
+
Shares

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १८ गते ८:०८

१८ भदौ, नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ अस्वस्थ भएर अस्पताल भर्ना भएकी छन् ।

छाती दुख्ने समस्यापछि उनलाई काठमाडौंको बाँसबारीस्थित गंगालाल अस्पतालमा भर्ना गरेर उपचार थालिएको हो ।

अध्यक्ष श्रेष्ठ पहिल्यैदेखि मुटुको बिरामी छिन् । गत वर्ष उनको मुटुको शल्यक्रियासमेत गरिएको थियो ।

पुन: स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार अस्पताल भर्ना गरिएको थियो । अहिले भने स्वास्थ्यमा क्रमिक सुधार देखिएको श्रेष्ठको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?