
१९ भदौ, काठमाडौं । दुई वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने प्रतिनिधिसभाको कार्यसूची प्रभावित भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी नै संसद्मा नगएपछि दुई वटा मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटेको हो ।
सभामुख घिमिरेले दुई जना मन्त्री उपस्थित नभएकाले दुई वटा मन्त्रालयसँग सम्बन्धित पश्नोत्तर कार्यक्रम सूचीबाट हटाएको जानकारी सभामै गराएका छन् ।
बाँकी कार्यसूची अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयर ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यक्रम जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4