+
+
Shares

खानेपानी मन्त्रीलाई फोनमा धम्की दिएको आरोपमा पक्राउ परेकी साह रिहा

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १९ गते १८:०१

१९ भदौ, काठमाडौं । खानेपानी मन्त्री प्रदिप यादवलाई फोनमार्फत धम्की दिएको आरोपमा पक्राउ परेकी महिला किरण साह रिहा भएकी छिन् ।

पर्सा अदालतले बिहीबार पाँच हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएपछि धरौटी बुझाए उनी रिहा भएकी हुन् ।

उनीमाथि तीन वटा कसुरमा अनुसन्धान गरिएको थियो । ज्यान मार्ने धम्की दिएको, साइबर अपराध र अफवाह फैलाएको गरी तीन कसुर लगाइएको थियो ।

यो प्रकरणसम्म आइपुग्नुमा भने मन्त्री यादव र महिला साहबीचको फोन संवाद हो । साहले मन्त्री यादवलाई फोन गर्दै वीरगञ्जमा फैलिएको हैजाबारे बताएकी थिइन् । यसमा मन्त्री जिम्मेवार भएको उनले बताइन् ।

सार्वजनिक भएको अडियोमा साहले मन्त्रीलाई ‘आफू नडराउने र नछाड्ने’ धम्कीपूर्ण भाषा प्रयोग गरेको सुनिन्छ ।

प्रहरी स्रोतका अनुसार मन्त्रीलाई फोन गरेको अडियो रेकर्ड गरेर कोही पत्रकारलाई दिएको र त्यसपछि इडिट गरेर सार्वजनिक भएको हो ।

ज्यान से मार्दुङ्गा भनेको पार्ट काटेर अडियो सार्वजनिक गरिएको प्रहरीले बताएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?