+
+
Shares

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा २५ सय बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २० गते ११:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो।
  • सुनको मूल्य अघिल्लो दिनको तुलनामा २५ सय रुपैयाँले बढेको छ र एक सातामै करिब १० हजार रुपैयाँ बढेको छ।
  • चाँदीको मूल्य पनि नयाँ रेकर्ड बनाउँदै प्रतितोला २४९० रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको भन्दा १० रुपैयाँ बढी हो।

२० भदौ, काठमाडौं । शुक्रबार पनि सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । यस दिन सुनको भाउ हालसम्मकै उच्च प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँ पुगेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २५ सय रुपैयाँ बढी हो ।

अघिल्लो दिन २ लाख ७ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । एक सातामै सुनको मूल्य करिब १० हजार रुपैयाँ बढेको छ । गत शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ६ सय रुपैयाँ थियो ।

चाँदीको भाउ प्रतितोला १० रुपैयाँ बढेको छ । अघिल्लो दिन चाँदी प्रतितोला २४८० रुपैयाँमा कारोबार भएकोमा आज २४९० रुपैयाँ छ । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?