+
+
Shares

‘छक्कापञ्जा ३’ बन्यो युट्युबमा धेरै हेरिने नेपाली फिल्म

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २० गते १२:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘छक्कापञ्जा ३’ युट्युबमा सबैभन्दा धेरै पटक हेरिने नेपाली फिल्म बनेको छ र शुक्रबारसम्म ३ करोड ७० लाख पटक हेरिएको छ।
  • ‘क्याप्टेन’ फिल्मलाई ३ करोड ६३ लाख पटक हेरिएको छ जुन दोस्रो स्थानमा छ।
  • ‘प्रेमगीत’ फिल्मलाई ३ करोड ४४ लाख पटक हेरिएको छ र यो तेस्रो धेरै हेरिने फिल्म हो।

काठमाडौं । ‘छक्कापञ्जा ३’ युट्युबमा सबैभन्दा धेरै पटक हेरिने नेपाली फिल्म बनेको छ ।

४ वर्षअघि हाइलाइट्स नेपालको युट्युब च्यानलमा सार्वजनिक भएको यो फिल्मलाई शुक्रबारसम्म ३ करोड ७० लाख पटक हेरिएको छ ।

दीपाश्री निरौला निर्देशित फिल्ममा दीपकराज गिरी, दीपिका प्रसाईं, प्रियंका कार्की, केदारप्रसाद घिमिरे, जितु नेपाल, नीर शाहको अभिनय छ ।

दोस्रो स्थानमा रहेको अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’लाई ३ करोड ६३ लाख पटक हेरिएको छ ।

तेस्रो धेरै हेरिने फिल्ममा प्रदीप खड्का स्टारर ‘प्रेमगीत’ छ जसलाई अहिलेसम्म ३ करोड ४४ लाख पटक हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?