
२० भदौ, काठमाडौं । स्थानीय बजारमा कागतीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले शुक्रबार कागतीको भाउ बढेको देखाएको हो ।
आज शुक्रबार कागतीको भाउ थोकमा प्रतिकिलो ९ रुपैयाँ बढेको छ । बिहीबार कागती किलोको १ सय २६ रुपैयाँमा किनबेच भएको थियो । आज भने कागतीको भाउ प्रतिकिलो १ सय ३५ रुपैयाँ कायम छ ।
भदौ पहिलो साता भने कागती प्रतिकिलो १ सय ५० रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै असार अन्तिम साता कागती प्रतिकिलो १ सय ४० रुपैयाँ थियो भने जेठमा किलोको २ सय ७० रुपैयाँसम्म पुगेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4