
News Summary
Generated by OK AI. Editorially reviewed.- शुक्रबारदेखि नेपाली फिल्म 'रिमै', हलिउडको 'द कन्जुरिङ : लास्ट राइट्स' र बलिउडको 'बागी ४' रिलिज भएका छन्।
- खिलबहादुर गुरुङ निर्देशित 'रिमै'मा दयाहाङ राई र रिश्मा गुरुङको मुख्य भूमिका छ र यसको रनटाइम १३५ मिनेट छ।
- 'द कन्जुरिङ : लास्ट राइट्स' र 'बागी ४' लाई १८ वर्षमाथिका दर्शकले मात्र हेर्न पाउनेछन् र दुवैलाई 'एडल्ट' सर्टिफिकेट प्राप्त छ।
काठमाडौं । शुक्रबारदेखि हलमा नेपाली भाषाको फिल्म ‘रिमै’ सहित दुई विदेशी फिल्म रिलिज भएका छन् ।
हलिउडको प्रतीक्षित हरर-थ्रीलर सिरिज ‘द कन्जुरिङ’को पछिल्लो श्रृंखला ‘लास्ट राइट्स’सहित बलिउडको ‘बागी ४’ रिलिज भएको छ ।
खिलबहादुर गुरुङ निर्देशित फिल्म ‘रिमै’मा दयाहाङ राई र रिश्मा गुरुङको शीर्ष भूमिका छ । गुरुङ संस्कार र संस्कृतिमा भनिएको प्रेम यसको कथावस्तु हो ।
‘रिमै’को रनटाइम १३५ मिनेट छ ।
‘द कन्जुरिङ : लास्ट राइट्स’लाई माइकल चाभ्सले निर्देशन गरेका हुन् । हरर-थ्रीलर जनरामा राखिएको यो हलिउड फिल्मको रनटाइम १३५ मिनेट छ ।
‘एडल्ट’ सर्टिकफिेट प्राप्त गरेको यो फिल्मलाई १८ वर्षभन्दा माथिका दर्शकले मात्र हेर्न पाउनेछन् । तपाईंले सुरुदेखि नै कन्जुरिङ फ्रेन्चाइजीका फिल्म हेर्दै आउनुभएको छ भने यो फिल्म रोचक हुनसक्छ ।
हलिउडको थ्रीलर–एक्सन ड्रामा ‘बागी ४’ पनि प्रदर्शनमा आएको छ । टाइगर श्राफ, संजय दत्त, सोनम बाज्वाको अभिनय रहेको यो फिल्मको रनटाइम १६४ मिनेट छ । यो फिल्मले ‘एडल्ट’ सर्टिफिकेट प्राप्त गरेको छ ।
प्रतिक्रिया 4