+
+
Shares

पार्टीमा बहुपद बहुकेन्द्र बनाउन होइन

नवौं महाधिवेशनका समयमा अघि सारिएको दुई कार्यकाल र उमेर हदको विषयलाई जबज र पार्टी जीवनको लोकतान्त्रीकरणसँग जोडेर मुख्य नेतृत्वलाई कमजोर बनाउने गरी चर्चामा ल्याउने काम भयो। जनताको बहुदलीय जनवादले प्रतिस्पर्धालाई खुम्च्याउने गरी कार्यकाल र उमेरहदको कुरा गरेको छैन।

शंकर पोखरेल शंकर पोखरेल
२०८२ भदौ २१ गते १३:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमालेको दोस्रो विधान अधिवेशनमा महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन पेस गरेका छन् ।
  • प्रतिवेदनमा पार्टी जीवनको लोकतान्त्रिकरणका क्रममा देखिएका जटिलता र पार्टी विभाजनका कारणहरू उल्लेख गरिएको छ।
  • पार्टीमा प्रतिस्पर्धा गर्दा समूह बनाउने प्रवृत्ति र गुटबन्दीपूर्ण गतिविधि बढेको प्रतिवेदनमा जनाइएको छ।

एमालेको दोस्रो विधान अधिवेशनमा महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन पेस गरेका छन् । उनी लगायतको प्रतिवेदनमा शनिबारबाट समूहगत छलफल सुरु भएको छ । उनले पार्टी जीवनका धेरै विषयहरू प्रतिवेदनमा उल्लेख गरेका छन् । उनले पार्टीको लोकतान्त्रिकरणको अभ्यासमा भइरहेका जटिलताबारे उल्लेख गरेका छन् :

पार्टी जीवनको लोकतान्त्रिकरणको अभ्यासका क्रममा केही जटिल समस्या पनि देखिएका छन् । पार्टीको नवौं महाधिवेशनमा दुई अलगअलग प्यानल बनाएर मतपत्रमा अलग्गै नाम राख्ने जस्तो गलत अभ्यास पनि अवलम्बन गरियो। त्यसको परिणाम सुखद रहन सकेन ।

नवौं महाधिवेशनमा लामो समय पार्टीको नेतृत्व गर्नुभएका माधवकुमार नेपाल वर्तमान पार्टी अध्यक्ष केपी शर्मा अध्यक्ष पदको प्रत्यासी बन्नुभयो। पराजयपछि उहाँले पार्टीमा समानान्तर गतिविधि सञ्चालन गर्नुभयो । पार्टी एकताप पश्चात् नेकपा गठन भएसँगै महाधिवेशनबाट निर्वाचित आफ्नै पार्टीको नेतृत्वलाई विस्थापन गर्ने अभियानमा जुटनुभयो ।

नेकपा विघटन भएसँगै पुनस्थापित नेकपा एमालेलाई षड्यन्त्रपूर्ण तरिकाले विभाजन गर्ने कामको दशौं महाधिवेशनमा अध्यक्षका उम्मेदवार बन्नुभएका भीम रावल निरन्तर परिचालित हुनुभयो । अन्ततः पार्टी अनुशासन कायम गर्नका लागि बाध्यकारी स्थिति उत्पन्न भयो ।

पछिल्लो समय पार्टीमा सहमतिका लागि नेतृत्वले भूमिका निर्वाह गर्दा हस्तक्षेपको रूपमा बुझ्ने र प्रतिस्पर्धापछि परिणामलाई सहज रुपमा स्वीकार गर्न तयार नहुने अवस्था आन्तरिक लोकतन्त्रका लागि चुनौतीको विषय बन्न पुगेको छ ।

पार्टीले प्रतिस्पर्धा गर्दा व्यक्तिगत रूपमा गर्नका लागि दिएका निर्देशनहरू पालना भएको देखिंदैन । नेतृत्वमा पुग्नका लागि समूह बनाउने राजित भएको अवस्थामा त्यसलाई कायमै राख्न चाहने प्रवृत्ति देखिन थालेको छ। जित्ने पक्षले पनि प्रतिस्पर्धीलाई समेटेर अघि बढ्ने कुरामा समस्या देखिने गरेको छ।

कतिपय जिल्लामा विभिन्न प्रतिष्ठान र फाउन्डेशनलाई प्रयोग गरेर गुटबन्दीपूर्ण गतिविधि गर्न खोजेको देखिन्छ। प्रतिस्पर्धा गर्दा सदस्यमा समेत उम्मेदवार हने केन्द्रको व्यवस्था प्रदेश र जिल्ला तहमा अभ्यास यस्ता कुराप्रति सम्बन्धित प्रतिष्ठान र फाउन्डेशनहरूको ध्यान पुग्नसकेको देखिँदैन ।

पदाधिकारीमा पराजित सक्षम नेतृत्वको एउटा हिस्सा अधिवेशनपछि कामबाट बाहिरिने स्थिति समेत उत्पन्न भएको छ। नेतृत्वमा हुने प्रतिस्पर्धाले नीति-निर्माणमा प्रतिकूल असर पुगेका महसुस गरी केन्द्रीय तहमा दुई महाधिवेशनको मान्यता अघि सारियो।

प्रथम विधान महाधिवेशन नीति-निर्माणमा नै केन्द्रित रह्यो । दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा आइपुग्दा पुनः नीति-निर्माणको विषय ओझेलमा पर्ने गरी नेतृत्वको बहसलाई चर्चामा ल्याउने कोसिस भयो।

नवौं महाधिवेशनका समयमा अघि सारिएको दुई कार्यकाल र उमेरहदको विषयलाई जबज र पार्टी जीवनको लोकतान्त्रीकरणसँग जोडेर मुख्य नेतृत्वलाई कमजोर बनाउने गरी चर्चामा ल्याउने काम भयो। जनताको बहुदलीय जनवादले प्रतिस्पर्धालाई खुम्च्याउने गरी कार्यकाल र उमेरहदको कुरा गरेको छैन। जबजले त प्रतिस्पर्धालाई खुला नै राखेको छ।

प्रतिस्पर्धा र पहलकदमीका आधारमा श्रेष्ठता हासिल गर्ने नीति नै जबजको मूल पक्ष हो। त्यसलाई संकुचन गर्ने मान्यतालाई आवश्यक नठानेर नै हटाइएको हो ।

पाटर्टीको आन्तरिक जीवनमा देखिएका समस्याहरू पार्टी जीवनको लोकतान्त्रीकरणका कारणले सिर्जना भएका समस्याहरू हुन् भन्नु गलत हुनेछ किनकि लोकतान्त्रिक अभ्यासमा निकै संकुचित भएका राजनीतिक दलहरूमा हाम्रो पार्टीको भन्दा जटिल समस्या र अन्तरविरोधहरू देखिन्छन् ।

पटकपटक फूट र विभाजनबाट गुज्रिएका देखिन्छन्। तसर्थ, हामीले पार्टी जीवनमा उत्पन्न समस्यालाई लोकतान्त्रीकरणका कारणले नै समस्या उत्पन्न भएको भनेर लोकतान्त्रिक अभ्यासलाई संकुचन गर्ने होइन, बरु त्यसमा आवश्यक सुधार गरेर अघि बढ्नु पर्दछ। पार्टीमा बहुपदको सिर्जना गर्नुको अर्थ बहुकेन्द्र बनाउने भन्ने होइन र हुन दिनु हुँदैन।

पार्टीको आन्तरिक जीवनलाई लोकतान्त्रिक विधि र प्रक्रियाबाट नै स्वस्थ र जीवन्त बनाउन सक्नुपर्दछ । लोकतन्त्रको विकल्प निरंकुशतन्त्र नभएझै पार्टी जीवनको लोकतान्त्रीकरणको पनि विकल्प खोज्न सकिँदैन ।

बरु त्यसको अभ्यासमा रहेका त्रुटिहरूलाई सच्याएर स्वस्थ, पारदर्शी र मर्यादित बनाउन जोड दिनु पर्दछ। लोकतान्त्रीकरणको अर्थ नेतृत्व निर्माणमा प्रतिस्पर्धाको विषयमात्र हो भने जसरी बुझ्ने गल्ती पनि गर्नहुँदैन । यो सामूहिक रूपमा नीति-निर्माण गर्ने र पार्टी सञ्चालन गर्ने सबैभन्दा वैज्ञानिक बाटो हो ।

लोकतान्त्रिक व्यवस्थामा हुने आवधिक निर्वाचनले पार्टी र पार्टीको नेतृत्वलाई लोकतान्त्रिक अभ्यासले नेतत्वलाई कार्यकर्ताका बीचमा घनिष्ठरूपमा जोडने काम गर्दछ। तसर्थ जनताका बीचमा घनिष्ठरूपमा जोड्न सहयोग पुऱ्याउने गर्दछ ।

त्यसरी नै पार्टीभित्रको आन्तरिक हामीले अवलम्बन गर्दैआएको पार्टी जीवनको लोकतान्त्रीकरणको नीतिलाई समयानुकूल बनाउँदै कमिकमजोरीहरू उत्पन्न हुन नदिने गरी लोकतान्त्रिक संस्कृति निर्माणमा जोड दिनुपर्दछ ।

हामीले अवलम्बन गर्दै आएको संगठन प्रणाली र जनताआधारित कार्यकर्ता पार्टी निर्माण गर्ने जबजको मान्यताअनुरूप पार्टी निर्माणमा पार्टी कार्यकर्ताको सम्प्रभुता कमजोर नहने गरी समयानुकूल परिमार्जन र सुधार गर्दै अघि बढ्नु पर्दछ।

लेखक
शंकर पोखरेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?