+

बराबरीमा सकिएको नेपाल-बंगलादेशबीचको मैत्रीपूर्ण फुटबलका १७ तस्वीर

२०८२ भदौ  २१ गते २२:४० २०८२ भदौ २१ गते २२:४०
बराबरीमा सकिएको नेपाल-बंगलादेशबीचको मैत्रीपूर्ण फुटबलका १७ तस्वीर

२१ भदौ, काठमाडौं । नेपाल र बंगलादेशबीच शनिबार भएको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा टुंगियो ।

शनिबार दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । घरेलु मैदानमा भएको खेलमा दर्शकहरूको पनि राम्रै उपस्थिति देखिन्थ्यो ।

खेल अवधिभर दुवै टोलीले गोल गर्ने अवसर  पाए पनि फिनिसिङमा कमजोर देखिए ।

अब दुई टोलीबीच मंगलबार दोस्रो मैत्रीपूर्ण खेल‌ हुनेछ । उक्त खेलमा स्पष्ट नतिजा नआए पेनाल्टी सुटआउट‌ हुनेछ ।

एन्फाले दुई खेलपछि समग्र‌ नतिजाका आधारमा विजेता घोषणा गरी ट्रफी प्रदान गर्ने बताएको थियो ।

तस्वीरहरू :

नेपाल–बंगलादेश फुटबल मैत्रीपूर्ण
लेखक
विकास श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय