+

एभरेस्ट महिला भलिबल लिग : पोखरामाथि मधेशको सहज जित

२०८२ भदौ  २१ गते २१:३३ २०८२ भदौ २१ गते २१:३३
एभरेस्ट महिला भलिबल लिग : पोखरामाथि मधेशको सहज जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरामा जारी वात्सल्य एभरेष्ट महिला भलिबल लिगमा मधेश युनाइटेडले पोखरा निन्जाजलाई ३-० सेटमा पराजित गरेको छ।
  • मधेश युनाइटेडको पहिलो जित हो भने पोखराको दोस्रो हार हो।
  • लिग भदौं २८ गतेसम्म इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा चल्नेछ।

२१ भदौ, पोखरा । पोखरामा जारी वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा मधेश युनाइटेडले पोखरा निन्जाजमाथी सहज जित निकालेको छ ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा शनिबार भएको तेस्रो खेलमा मधेशले पोखरालाई ३-० को सोझो सेटमा पराजित गर्‍यो । मधेशले पहिलो र दोस्रो सेट समान २५-१९ र तेस्रो सेट २५-२३ ले जित निकाल्यो । मधेशको यो पहिलो जित हो भने पोखराको दोस्रो हार हो ।

आजै भएको पहिलो खेलमा ललितपर क्विन्सले काठमाडौं स्पाईकर्सलाई ३–० सोझो सेटमा पराजित गरेको थियो । आजको दोस्रो खेलमा कर्णाली यशविशले लुम्बिनी लाभाजलाई ३–१ को सेटले हराएको थियो ।

लिगको तेस्रो दिन आइतबार दुई खेल हुनेछ । पहिलो खेल मधेश युनाइटेड र काठमाडौं स्पाईकर्सबिच दिउँसो २ बजेबाट सुरु हुनेछ ।

भोलिको दोस्रो खेल पोखरा निन्जाज र लुम्बिनी लाभाजबिचको खेल ४ बजेबाट सुरु हुनेछ ।

इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा जारी लिग भदौं २८ गतेसम्म चल्नेछ ।

एभरेस्ट महिला भलिबल लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय