+
+
Shares

एमालेको पदाधिकारी बैठक गोदावरीमा जारी

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २२ गते १६:०८
फाइल फोटो

२२ भदौ, काठमाडौं । नेकपा एमालेको पदाधिकारी बैठक जारी छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी बैठकमा विधान महाधिवेशनसहित समसामयिक विषयमा छलफल भइरहेको एक नेताले बताए ।

दोस्रो विधान महाधिवेशनमा नेतृत्वले प्रस्तुत गरेको प्रतिवेदन र प्रतिनिधिका सुझावबारे छलफल सकिएकाले आजै विधान पारित गर्ने तयारी छ ।

 विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले संशोधन प्रस्ताव प्रतिवेदन र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेश गरेका थिए ।

प्रतिवेदनमाथि देशभरबाट सहभागी भएका २ हजार ३४१ प्रतिनिधिहरू १० समूहमा विभाजित भएर छलफल गरे ।

छलफलमा उठेका प्रश्न, सुझाव समेटेर समूह नेताले प्रतिनिधिहरूका तर्फबाट प्रतिवेदन लेखेर पुन: हलमा प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?