
काठमाडौं । नेपालका लागि टीसीएलको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले प्रतीक्षित ‘ग्रेटनेस इन एभ्री मुमेन्ट इन्स्पायर एभ्री सेलिब्रेसन’ नामक दशैंतिहार अभियान सुरु गरेको छ ।
यस विशेष योजना मार्फत टीसीएलले चाडपर्वका अवसरमा ग्राहकलाई खुसी दिने लक्ष्य राखेको छ । अभियान अन्तर्गत ग्राहकले २ लाख ८ हजार २ सय रुपैयाँसम्मको आकर्षक नगद छुट साथै पक्का उपहार पनि प्राप्त गर्न सक्नेछन् ।
यस योजनामा टीसीएल साइड–बाई–साइड रेफ्रिजिरेटरको खरिदमा निःशुल्क वाटर डिस्पेन्सर, टीसीएलको कुनै पनि वासिङ मेसिनको खरिदमा ६ किलो एरियल डिटर्जेन्ट, टीसीएलको एसी खरिदमा निःशुल्क जडान सुविधा र ४३ इन्च वा त्यसभन्दा ठूलो टीसीएल टीभीको खरिदमा ९ महिनाको नेट टीभीको निःशुल्क सदस्यता लगायत आकर्षण छ ।
यो अभियान १९ भदौदेखि सीमित अवधिका लागि नेपालभरिका सम्पूर्ण आधिकारिक शोरुम र विक्रेतामा लागु हुनेछ ।
नेपालको सबैभन्दा ठूलो पर्वका अवसरमा टीसीएल र सीजी इलेक्ट्रोनिक्सले नेपाली ग्राहकलाई उत्कृष्ट प्रविधि र अभूतपूर्व अनुभव दिने लक्ष्य लिएका छन् ।
प्रतिक्रिया 4