+
+
Shares

जेन जीको प्रदर्शनमा कुलमान घिसिङको ऐक्यबद्धता

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २२ गते २०:४९

२२ भदौ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले बेथिति र केही सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध जेन जीले गर्न लागेको प्रदर्शनमा ऐक्यबद्धता जनाएका छन् ।

‘उज्यालो नेपाल अभियान’ घोषणा गरेका घिसिङले सामाजिक सञ्जाल फेसबुकमार्फत जेन जीले सोमबार निकाल्ने जुलुसमा ऐक्यबद्धता जनाएका हुन् ।

‘सरकारले कही सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको बिरोधमा जेन जी पुस्ताले भोलि निकाल्ने जुलुसमा उज्यालो नेपाल अभियानकोतर्फबाट ऐक्यवद्धता व्यक्त गर्दछौं,’ घिसिङले उल्लेख गरेका छन् ।

‘उज्यालो नेपाल’ अभियानलाई व्यक्तिको मात्र नभएर सुशासन, चुस्तदुरुस्त सार्वजनिक सेवा प्रवाह, सामाजिक न्याय, आर्थिक समृद्धि हासिलको लागि बनेको अभियानका रुपमा उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?