+
+
Shares

जेनजीले अभिमत प्रकट गर्नु असाध्यै सकारात्मक छ : एमाले नेता खड्का

नेकपा एमाले केन्द्रीय सदस्य एवं युवा नेता रचना खड्काले जेनजीले अभिमत प्रकट गर्नु असाध्यै सकारात्मक रहेको बताएकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते १०:४३
फाइल तस्वीर

२३ भदौ, काठमाडौं । नेकपा एमाले केन्द्रीय सदस्य एवं युवा नेता रचना खड्काले जेनजीले अभिमत प्रकट गर्नु असाध्यै सकारात्मक रहेको बताएकी छन् ।

सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएकी हुन् ।

उनले लेखेकी छन्, ‘प्रिय जेनजी हाम्रो पुस्ता राजनीतिक आन्दोलनमा जोडिँदा हामी भन्ने गर्दथ्यौं – हामीभन्दा पछिल्लो पुस्ताले निरंकुश शासन व्यवस्थाविरुद्ध लड्नु नपरोस् । जन्मँदै प्रजा भएर जन्मन नपरोस् । नभन्दै तपाईंहरूको पुस्ता यसमा लड्नु परेन ।’

तर राजनीति भनेको व्यवस्था परिवर्तन मात्रै अवश्य नरहेको उनले उल्लेख गरेकी छन् । अगाडि लेख्छिन, ‘तर राजनीति भनेको व्यवस्था परिवर्तन मात्रै अवश्य हैन । यो राजनीतिक व्यवस्थालाई  न्याय, समानता, शुसाशन, समुन्नत नेपाल र राष्ट्रिय  स्वाभीमान अर्थात ‘परिपूर्ण लोकतन्त्र’ सहितको बनाउने एजेन्डा अब हाम्रो साझा एजेन्डा हुनुपर्दछ ।’

यी विषयमा जेनजीले अभिमत प्रकट गर्नु असाध्यै सकारात्मक रहेको उनको बुझाइ छ ।

‘तपाईंहरूको पुस्ताले यस्ता  मुद्दाहरूमा आफ्नो अभिमत जसरी प्रकट गरिरहनु भएको छ यो असाध्यै सकारात्मक छ,’ उनी लेख्छिन्, ‘आशा छ तपाईंहरूको यो चेतलाई कसैले पनि आफ्नो दलीय राजनीतिक उद्देश्य परिपूर्तिको माध्यम बनाउने छैनन् । तपाईंहरूको पुस्ताले यो परिपक्वता देखाउनेछ ।’

अघिल्लो पुस्ताले पनि आफ्नो समयमा राज्यलाई खबरदारी गरेको उनले स्मरण गरेकी छन् । अगाडि लेख्छिन्, ‘जसरी आजको तपाईंहरूको उमेरमा हुँदा अघिल्ला पुस्ताहरूले पनि आफ्नो समय अनुसारको जिम्मेवारि सोही अनुसार पूरा गरेका थिए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?