+
+
Shares

जेनजी प्रदर्शनपछिको असर : फिल्म ‘अभिमन्यु’को प्रदर्शन स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते १९:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'अभिमन्यु'ले जेनजी आन्दोलनपछि उत्पन्न विषम परिस्थितिका कारण २७ भदौमा प्रदर्शन स्थगित गरेको घोषणा गरेको छ।
  • निर्माता विनोद पौडेलले 'यस दुःखद घडीमा चलचित्र सार्वजनिक गर्नु नैतिक र भावनात्मक दृष्टिले उचित नहुने' बताए।
  • निर्माताले नयाँ प्रदर्शन मिति चाँडै तय गरिने र जेनजी आन्दोलनमा ज्यान गुमाउनेप्रति शोक समवेदना जनाएका छन्।

काठमाडौं । जेनजी आन्दोलनपछि मुलुकमा उत्पन्न विषम परिस्थितीलाई कारण देखाउँदै फिल्म ‘अभिमन्यु’ले पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित गरिएको घोषणा गरेको छ ।

निर्माता कम्पनी सेभेन सिज सिनेमाले विज्ञप्ति जारी गर्दै २७ भदौमा फिल्म प्रदर्शनमा नआउने जनाएको हो ।

निर्माता विनोद पौडेलले भनेका छन्, ‘यस दुःखद घडीमा चलचित्र सार्वजनिक गर्नु नैतिक र भावनात्मक दृष्टिले उचित नहुने ठानेर हाम्रो आगामी चलचित्र पूर्वनिर्धारित मितिमा ल्याउन नसक्ने निर्णय गरेका छौं ।’

नयाँ प्रदर्शन मिति चाँडै तय गरिने जनाइएको छ । निर्माताले जेनजी आन्दोलनमा ज्यान गुमाउनेप्रति शोक समवेदना जनाउँदै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?