+

एभरेस्ट महिला भलिबल लिग : ललितपुरको लगातार तेस्रो जित

२०८२ भदौ  २३ गते २१:१४ २०८२ भदौ २३ गते २१:१४
एभरेस्ट महिला भलिबल लिग : ललितपुरको लगातार तेस्रो जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरामा जारी वात्सल्य एभरेष्ट महिला भलिबल लिगमा ललितपुर क्विन्सले लुम्बिनी लाभाजलाई ३–० ले पराजित गर्दै लगातार तेस्रो जित दर्ता गरेको छ।
  • ललितपुरले पहिलो सेट २५–१३, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पार्‍यो र पट्राथिप सान्त्रकुन प्लेयर अफ द म्याच बनिन्।
  • ललितपुर ९ अंकसहित फाइनल नजिक पुगेको छ भने कर्णाली यशविस पनि फाइनलको दाबेदार टोलीको रूपमा रहेको छ।

२३ भदौ, पोखरा । पोखरामा जारी वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा ललितपुर क्विन्सले लगातार तेस्रो जित दर्ता गरेको छ ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सोमबार भएको खेलमा लुम्बिनी लाभाजलाई ३–० को सोझो सेटमा पराजित गर्दै ललितपुरले लगातार तेस्रो जित दर्ता गरेको हो ।

ललितपुरले पहिलो सेट २५–१३, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पार्‍यो । ललितपुरकी पट्राथिप सान्त्रकुन प्लेयर अफ द म्याच बनिन् ।

लगातार तेस्रो जितसँगै ललितपुर ९ अंकसहित फाइनल नजिक पुगेको छ । लगातार तेस्रो जित नै निकालेको कर्णाली यशविस पनि फाइनलको दाबेदार टोलीको रूपमा छ ।

३ खेलबाट २ अंक जोडेको लुम्बिनी २ र एक अंक जोडेको पोखरा निन्जाज २ खेलअघि नै फाइनल होडबाट बाहिरिएका छन् ।

३ अंक जोडेका मधेश युनाइटेड र काठमाडौं स्पाइकर्सको फाइनल खेल्ने गणितीय सम्भावना बाँकी छ । दुवै टोलीले दुईदुई खेल खेल्न बाँकी छ ।

लिगअन्तर्गत मंगलबार दुई खेल हुनेछन् । पहिलो खेल कर्णाली र मधेशबीच दिउँसो २ बजे सुरु हुनेछ । त्यसपछि ललितपुर र पोखराबीचको खेल हुनेछ ।

एभरेस्ट महिला भलिबल लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय