+
+
Shares

गण्डकीमा नयाँ शक्तिका मन्त्रीले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते १५:४४

२४ भदौ, पोखरा । नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट विजयी नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का सांसद फणीन्द्र देवकोटाले मन्त्री पदबाट राजीनामा दिएका छन् ।

मुख्यमन्त्री सुुरेन्द्रराज पाण्डेलाई फ्लोर क्रस गर्दै विश्वासको मत दिएपछि अघिल्लो साल जेठ २९ मा फणिन्द्र ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनेका थिए ।

जेनजी पुस्ताले सोमबार आयोजना गरेको भ्रष्टाचार विरोधी प्रदर्शनमा सरकारले अत्यधिक दमन गरेको भन्दै देवकोटाले राजीनामा दिएका हुन् ।

गण्डकीमा नेपाली कांग्रेस र एमालेको गठबन्धन सरकार बनाउँदा देवकोटा कांग्रेसको कोटाबाट मन्त्री बनेका थिए ।

‘नवयुवाहरूद्वारा सञ्चालित आन्दोलनमा केन्द्र सरकारले निर्ममतापूर्वक गोली हानी १९ जना युवाहरूको हत्या गरेको छ । मलाई मेरो पार्टी नेसपा (नयाँ शक्ति) को निर्देशनका साथै जिम्मेवार नागरिक हुनुको नाताले पदमा बसिरहन नैतिक रूपले दिँदैन। तसर्थ राजीनामा दिएको घोषणा गर्दछु,’ उनले राजीनामा पत्रमा लेखेका छन् ।

गत मंसिरको निर्वाचनमा गोरखा–२ मा गठबन्धनबाट साथ दिएका दुई सारथी फणिन्द्र र सुरेन्द्रराज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का विरुद्ध एकै ठाउँ उभिँदा गण्डकीमा केन्द्रीय समीकरणभन्दा अलग सरकार बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?