
२४ भदौ, काठमाडौं । उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूले नेपाली सेनाको गाडीलाई सिंहदरबारमा स्वागत गरेका छन् ।
सिंहदरबार वरपर प्रदर्शन गरिरहेका उनीहरूले सुरक्षाका लागि पुगेको नेपाली सेनाको गाडीलाई झण्डासहित स्वागत गरेका हुन् ।
उनीहरूले सेनाको गाडीमा नेपालको राष्ट्रिय झण्डा लगाएर स्वागत गरेका हुन् ।
सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत, पार्टीका शीर्ष नेताको घर, कार्यालय लगायतमा प्रदर्शनकारीहरूले लगातार आगो लगाइरहेका छन् ।
अहिले पनि उनीहरूले आगजनी गर्न छाडेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4