
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी पुस्ताका प्रदर्शनकारीलाई खर फर्कन पुन: अपिल गर्नुभएको छ।
- बालेनले सामाजिक सञ्जालमार्फत भन्नुभयो, 'देश तपाईंहरुकै हातमा हो। तपाईंहरुले नै बनाउने हो।'
- डा. सन्दुक रुइतलगायत विशिष्ट पेशाकर्मीले पनि आन्दोलन रोक्न अपिल गरेका छन्।
२४ भदौ, काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी पुस्ताका प्रदर्शनकारीलाई खर फर्कन पुन: अपिल गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले अब देश नयाँ पुस्ताको हातमा आइसकेको भन्दै अब हुने क्षति सबैको हुने बताएका छन्।
‘देश तपाईंहरुकै हातमा हो। तपाईंहरुले नै बनाउने हो,’ अपिलमा बालेनले भनेका छन्, ‘अब जति क्षति हुन्छ तपाईं हाम्रो नै हुने हो। अब घर फर्किनुहोस्।’
यसअघि डा. सन्दुक रुइतलगायत विशिष्ट पेशाकर्मी तथा नागरिक अगुवाहरुले पनि आन्दोलनसामु सरकारले घुँडा टेकिसकेकाले आन्दोलन रोक्न अपिल गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4