+
+
Shares

हेटाैंडाकाे प्रदर्शन नियन्त्रण बाहिर, मन्त्रालय र नेताका घरमा आगजनी

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते १७:३६

२४ भदाै, हेटाैंडा । बागमती प्रदेशकाे राजधानी हेटाैंडामा जेनजीहरूकाे प्रदर्शन नियन्त्रण बाहिर गएकाे छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले अपरान्हदेखि आज राति १२ बजेसम्म कर्फ्यु जारी गरेपनि प्रदर्शनकारीहरू राेकिएका छैनन् ।

प्रदर्शनकारीहरूले बागमती प्रदेशका मन्त्रालय, बागमती प्रदेशसभा सचिवालय भवन, जिल्लास्थित पार्टी कार्यालयदेखि नेताहरूकाे घरसम्म आगजनी गरेका छन् ।

निरन्तर आगजनी भइरहँदा पनि सुरक्षा निकायहरू रक्षात्मक अवस्थामा देखिएका छन् । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँकाे घर ताेडफाेड हुँदा प्रहरीले हवाई फायर पनि गरेकाे छ ।

प्रदर्शनकारीहरूले हेटाैंडा उपमहानगरपालिका-२ स्थित भाैतिक पूर्वाधार विकास मन्त्रालय, खानेपानी, उर्जा, जलश्राेत तथा सिचाईं मन्त्रालय, श्रम, राेजगार तथा यातायात मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय रहेकाे भवनमा आगजनी गरे ।

अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगकाे कार्यालय, बागमती प्रदेशसभा सचिवालय भवनमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । हेटाैंडा उपमहानगरपालिका कार्यालयमा ताेडफाेड गरिएकाे छ ।

प्रदर्शनकारीहरूले मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँकाे हेटाैंडा-५ मा रहेकाे निवासमा ताेडफाेड र आगजनी गरेका छन् ।

हेटाैंडास्थित नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रकाे पार्टी कार्यालयमा ताेडफाेड भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?