
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले आन्दोलनरत पक्ष जेनजीलाई संयमतापूर्वक संवादमा भाग लिन आग्रह गरेका छन्।
- विप्लवले भने, 'सरकार विघटन भइसकेको अवस्थामा जेनजीले संयमतापूर्वक संवादमा भाग लिनुस्।'
- उनले जेनजी विद्रोहले नेपाललाई ऐतिहासिक परिवर्तनको संघारमा पुर्याएको उल्लेख गरेका छन्।
२४ भदौ, काठमाडौं। नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव सीले संयमतापूर्वक संवादमा भाग लिन आन्दोलनरत पक्ष जेनजीलाई आग्रह गरेका छन्।
एक भिडियो सन्देशमार्फत् विप्लवले सरकार विघटन भइसकेको अवस्थामा जेनजीले संयमतापूर्वक संवादमा भाग लिन आग्रह गरेका हुन्।
उनले अब देशलाई संसद् भित्रबाट नभई आन्दोलन र जनताको बीचबाट नेतृत्व खोजिनुपर्ने पनि बताएका छन्।
‘सरकार विघटन भइसकेको अवस्थामा जेनजीले संयमतापूर्वक संवादमा भाग लिनुस्,’ विप्लवले भनेका छन्, ‘अब देशलाई संसद् भित्रबाट होइन, आन्दोलन र जनताको बीचबाट नेतृत्व दिन सोच्नुपर्दछ। यो काम पनि जेनजी पुस्ताले नै गर्ने हो।’
उनले जेनजी विद्रोहले नेपाललाई ऐतिहासिक परिवर्तनको संघारमा पुर्याएको उल्लेख गरेका छन्।
‘दुई दशकको बेथिति, भ्रष्टाचार, लुटपाट, असमानता र दलालीले यो परिणाम ल्याउन अनिवार्य थियो। भ्रष्ट नेता, दल र सरकारले सजाय भोग्नै पर्ने थियो,’ भिडियो सन्देशमा विप्लवले भनेका छन्, ‘जेनजी विद्रोहले नेपाललाई ऐतिहासिक परिवर्तनको संघारमा पुर्याएको छ।’
प्रतिक्रिया 4