
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सामाजिक सद्भाव कायम राख्दै अहिलेको विषम परिस्थितिमा धैर्य रहन अपिल गर्नुभएको छ।
- उहाँले सामाजिक सञ्जालमार्फत लोकतान्त्रिक मूल्य मान्यतामा अविचलित रहन आग्रह गर्नुभएको छ।
- पोखरेलले 'जस्तोसुकै कठिन परिस्थितिमा पनि लोकतान्त्रिक पद्धति, बहुलवादी मूल्य मान्यता, सामाजिक न्याय, विधिको शासन र रूपान्तरणकारी आन्दोलनप्रति अविचलित रहन' हार्दिक आह्वान गर्नुभएको छ।
२५ भदौं, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सामाजिक सद्भाव कायम राख्दै अहिलेको विषम परिस्थितिमा धैर्य रहन अपिल गरेका छन् ।
सामाजिक सञ्जाल मार्फत उनले जस्तोसुकै कठिन परिस्थितिमा पनि लोकतान्त्रिक मूल्य मान्यतामा अविचलित रहन पनि आग्रह गरेका छन् ।
‘जस्तोसुकै कठिन परिस्थितिमा पनि लोकतान्त्रिक पद्धति, बहुलवादी मूल्य मान्यता, सामाजिक न्याय, विधिको शासन र रूपान्तरणकारी आन्दोलनप्रति अविचलित रहन पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, समर्थक, शुभेच्छुक तथा आम जनतामा हार्दिक आह्वान गर्दछु’ पोखरेलले लेखेका छन्।
पोखरेलले विगतबाट शिक्षा लिदै प्रतिकूल परिस्थितिमा पनि अनुकूल बनाउने तर्फ लाग्नुपर्ने बताएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4