+
+
Shares

भागेका १ हजार ४५५ कैदी पक्राउ, १२ हजार ८५२ अझै फरार

जेनजीको प्रदर्शन उग्र बनेपछि कारागार तोडफोड र आगजनी गर्दै फरार भएका मध्ये एक हजार ४५५ कैदीबन्दीलाई पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २६ गते ११:४१

२६ भदौ, काठमाडौं । देशभरको कारागारबाट भागेका मध्ये एक हजार ४५५ कैदीबन्दी पक्राउ परेका छन् ।

जेनजीको प्रदर्शन उग्र बनेपछि कारागार तोडफोड र आगजनी गर्दै फरार भएका मध्ये एक हजार ४५५ कैदीबन्दीलाई पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले बताए ।

अझै १२ हजार ८५२ कैदीबन्दी फरार नै रहेका छन् । देशभरका कारागारबाट १४ हजार ५०७ कैदीबन्दी फरार भएका थिए ।

त्यसैगरी प्रहरी हिरासतमा रहेका ५७३ थुनुवा फरार भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?