
News Summary
Generated by OK AI. Editorially reviewed.- भदौ २७ गते पशुपति आर्यघाटमा जेनजी युवाहरुले गरेको प्रदर्शनमा ज्यान गुमाएका चार युवाको अन्त्येष्टि गरिएको छ।
- भदौ २३ र २४ गते भएको प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ जसमा तीन प्रहरी र एक भारतीय महिला पनि छन्।
- प्रदर्शनको पहिलो दिन २१ जनाको मृत्यु भएको थियो र बाल सुधार गृहमा रहेका पाँच जना, प्रहरी तीन जना मृत भेटिएका छन्।
२७ भदौ, काठमाडौं । जेनजी युवाहरुले गरेको प्रदर्शनको क्रममा ज्यान गुमाएका चार युवाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमपछि अभिभावकहरुले पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरेका हुन् ।
अन्तिम बिदाइको क्रममा अभिभावक र आफन्त भावविह्वल थिए ।
यही भदौ २३ र २४ गते भएको प्रदर्शनको क्रममा मृत्यु हुने युवाहरूको संख्या ५१ पुगेको छ ।
जसमा काठमाडौं उपत्यकामा मृतक भएकादेखि अन्य जिल्लाहरुको पनि जोडिएको छ । तीन प्रहरी, एक भारतीय महिलासहित ५१ जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।
पहिलो दिनको प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या २१ थियो । कैदीमात्रै ९ जना मारिएका थिए ।
बाल सुधार गृहमा रहेका ५ जना, प्रहरी ३ जना मृत भेटिएको प्रहरीले बताएको छ ।
हेर्नुहोस् थप तस्वीरहरू :
प्रतिक्रिया 4