+

थुराम दाजुभाईको फरक टिमबाट गोल, इन्टरमाथि युभेन्ट्सको रोमाञ्चक जित

२०८२ भदौ  २९ गते १०:१५ २०८२ भदौ २९ गते १०:१५
थुराम दाजुभाईको फरक टिमबाट गोल, इन्टरमाथि युभेन्ट्सको रोमाञ्चक जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युभेन्ट्सले सिरी ए मा इन्टर मिलानलाई ४-३ ले पराजित गरेको छ ।
  • खेपरेन र मार्कुस थुरामले फरक टिमबाट गोल गरेका छन् ।
  • इन्जुरी टाइममा भासिलिज एडजिकले गोल गर्दै युभेन्ट्सलाई जित दिलाएका हुन् ।

२९ भदौ, काठमाडौं । दाजुभाई खेपरेन र मार्कुस थुरामले फरक टिमबाट गोल गर्दा युभेन्ट्सले सिरी ए को रोमाञ्चक खेलमा इन्टर मिलानलाई ४-३ ले पराजित गरेको छ ।

खेपरेन र मार्कुस फ्रान्सेली पूर्व अन्तर्राष्ट्रिय खेलाडी लिलिएन थुरामका छोरा हुन् । दाजुभाईले नै फ्रान्सको राष्ट्रिय टिमबाट खेलिसकेका छन् ।

खेल २-२ को बराबरीको अवस्थामा रहेका बेला ६ मिनेटको अन्तरले दुवैले आफ्नो टिमका लागि गोल गर्दै ३-३ को बराबरीमा पुर्‍याएका थिए । तर वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका भासिलिज एडजिकले इन्जुरी टाइममा लङ रेन्जबाट गोल गर्दै युभेन्ट्सलाई जित दिलाएका हुन् ।

त्यसअघि युभेन्ट्सका लागि लोएड केलीले १४औं मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । तर इन्टरका हाकन चानहानोग्लुले ३०औं मिनेटमा बराबरी गरे ।

केनान यिल्डिजले ३८औं मिनेटमा गोल गर्दै युभेन्ट्सले फेरि अग्रता दिलाएका थिए । हाकनले नै ६५औं मिनेटमा इन्टरका लागि बराबरी गोल फर्काए ।

त्यसछपि मार्कुस थुरामले ७६औं मिनेटमा गोल गर्दै इन्टरलाई पहिलो पटक खेलमा अग्रता दिलाएका थिए । तर उनकै भाई खेपरेनले ८२औं मिनेटमा युभेन्ट्सका लागि बराबरी गोल फर्काए ।

त्यसपछि एडजिकले इन्जुरी टाइममा गोल गर्दै युभेन्ट्सलाई ३ अंक दिलाए ।

जितपछि ३ खेलबाट ९ अंक जोडेर युभेन्ट्स दोस्रो स्थानमा छ । यस्ते अर्को खेलमा फियोरेनटिनालाई ३-१ ले पराजित गर्दै ९ अंक नै जोडेको नापोली शीर्ष स्थानमा उक्लेकों छ ।

सिरी ए
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय