+
+
Shares

‘डेमन स्लेयर’ फिल्मको ८० लाख बराबरको टिकटको पैसा फिर्ता हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २९ गते १२:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'डेमन स्लेयर'को रोकिएको सबै टिकटको रकम वितरक एप्पल इन्टरटेनमेन्टले फिर्ता गर्ने भएको छ।
  • एप्पलकी विपश्याना श्रेष्ठले हल खुलेको २४ घण्टामा टिकटको पैसा फिर्ता हुने बताउनुभयो।
  • चलचित्र संघले सुरक्षाका सर्तसहित हल खोल्ने तयारी गरिरहेको छ र नयाँ शो सार्वजनिक गर्ने योजना छ।

काठमाडौं । जेनजी आन्दोलनको कारण रोकिएको फिल्म ‘डेमन स्लेयर’को बिक्री भैसकेका सबै टिकटको रकमलाई वितरक एप्पल इन्टरटेनमेन्टले फिर्ता गर्ने भएको छ ।

एडभान्स टिकट विक्रीमा दुई दिनको लागि उक्त फिल्मका ८० लाख रुपैयाँको टिकट विक्री भएका थिए । एप्पलकी विपश्याना श्रेष्ठले हल खुलेको २४ घण्टामा टिकटको पैसा फिर्ता हुने बताइन् ।

चलचित्र संघले सुरक्षाका केही सर्तसहित हल खुलाउने तयारी गरिरहेको छ । यसको औपचारिक निर्णय हुन बाँकी छ ।

सो फिल्मको पुरानो टिकटको पैसा फिर्ता गरेर पुनः नयाँ शो सार्वजनिक गर्ने तयारी एप्पलको छ । जेनजी आन्दोलन चर्किएपछि क्यूएफएक्सले टिकटको पैसा फिर्ता गर्ने निर्णय गरेको थियो ।

बहुप्रतीक्षित मानिएको जापानी एनिमे सिरिज ‘डेमन स्लेयर’ अन्य मुलुकमा भने रिलिज भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?