
News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकाकी ४२ वर्षीया हली जेनले आफ्नो आवाजबाट मासिक करीब ८० हजार डलर कमाइरहेकी छिन्।
- जेनले ३० सेकेण्डको भ्वाइस नोट पठाएर व्यक्तिगत र अभिव्यक्तिका आवाजहरु बिक्री गर्छिन्।
- उनको इन्स्टाग्राममा १६ लाखभन्दा बढी फलोअर्स छन् र बेलायती फ्यानहरु उनको आवाजको प्रशंसा गर्छन्।
काठमाडौं । अमेरिकाकी एक ४२ वर्षीया महिलाले आफ्नो आवाजबाट हजारौँ डलर कमाईरहेकी छिन् । हली जेन नामकी ती महिलाले कुनै ठूलो व्यवसाय वा जागिर गर्दिनन् । मात्र फोनमा ३० सेकेण्डको आवाज रेकर्ड गरी पठाएर मोटो कमाई गर्दै आएकी छिन् ।
बेलायती फ्यानहरुको बीचमा उनको टेक्सन लवज यतिधेरै लोकप्रिय बनेको छ कि उनको आवाज नै उनका लागि सबैभन्दा ठूलो व्यवसाय बनेको छ ।
न्युयोर्क पोस्टका अनुसार ती महिला सामान्य अमेरिकी परिवारकी हुन् । उनी विभिन्न प्लाटफर्ममा कन्टेन्ट क्रियटरको रुपमा काम गर्दछिन् ।
अमेरिकाको टेक्सासका मानिसले बोल्ने जस्तै प्रकारको उनको नरम अंग्रेजी लवजलाई जेनले आफ्नो लोकप्रिय व्यवसाय बनाएकी छिन् ।
उनी भन्छिन्, ‘मानिसहरु मलाई कम आँक्दछन् । तर यो मेरो लागि फाइदाजनक रहेको छ ।अहिले केवल मेरो आवाज बाटै मैले मेरा सारा खर्चको रकम जुटाउने गरेकी छिु । मलाई त के अचम्म लाग्छ भने मेरो यति सामान्य आवाज नै मेरो सफलताको ठूलो हिस्सा बनेको छ।’
सोसल मिडिया प्लाटफर्म इन्स्टाग्राममा जेनका फलोअर्सको संख्या १६ लाख भन्दा धेरै छ । आफ्नो आवाजको छोटो रेकर्डिङ अर्थात् भ्वाइस नोट्स पठाएर मात्रै उनले मासिक करीब २० हजार डलर कमाउँछिन्। उनको कूल मासिक आम्दानी करीब ८० हजार डलर छ ।
फ्यानहरुले जेनसँग गुड मर्निङ मेसेज, बाइबलका अनुच्छेदहरु तथा विभिन्न अन्तरंग अभिव्यक्तिका आवाजहरु सुन्न चाहन्छन् र उनका ती आवाज खरी दगर्दछन् ।
अभिवादनको एउटा छोटो आवाजका लागि जेनले करीब २० डलरसम्म शुल्क लिन्छिन् । जबकि अधिक व्यक्तिगत वा विस्तृत रेकर्डिङको मूल्य १ सय डलरसम्म हुन्छ ।
जेन भन्छिन्, ‘मैले कहिल्यैपनि सोँचेकी थिइन कि मेरो लवज यतिधेरै मूल्यवान होला । फ्यानहरु मेरो आवाजको फ्यान छन् र अहिले भ्वाइस नोट्स नै मेरो आम्दानीको ठूलो हिस्सा बनिसकेको छ । मलाई कहिल्यै अनुमान थिएन कि बेलायतमा बस्ने मानिसहरुले मेरो आवाजलाई यस्तो मन पराउनेछन् ।’
जेनका अनुसार उनले हरेक दिन ६ देखि ८ वटासम्म भ्वाइस नोट पठाउँछिन्। केवल ३० सेकेण्ड भ्वाइस रेकर्ड गरेर यतिधेरै पैसा कमाउन सकिन्छ भन्ने कुरा आफैले विश्वास गर्न नसकिरहेको उनको भनाई छ । एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4