
२९ भदौ, काठमाडौं । सरकारले यो वर्ष औपचारिक कार्यक्रम गरेर शिक्षा दिवस नमनाउने भएको छ ।
जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण सरकारले २ असोजमा मनाइदै आएको शिक्षा दिवस नमाउने भएको हो ।
‘शिक्षा दिवसको दिन औपचारिक कार्यक्रम हुँदैन,’ शिक्षा सचिव चूडामणि पौडेलले भने । आन्दोलनकारीले शिक्षा मन्त्रालयमा पनि आगजनी र तोढफोड गरेका गरेका थिए । कर्मचारीले सरसफाइ गरेर मन्त्रालयबाट सेवा सुरु गरेको छ ।
उच्च शिक्षा अध्ययनका लागि अध्ययन अनुमति पत्र जारी गर्ने लगायतका महतत्त्वपूर्ण काम मन्त्रालयले रोकेको छैन । ‘एनओसी रोकिएको छैन,’ सचिव पौडेलले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4