+
+
Shares

कञ्चनपुर कारागारबाट बाहिरिएका दुई सय ३९ कैदीबन्दी फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३० गते १२:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कञ्चनपुर कारागारबाट जेनजी आन्दोलनका क्रममा बाहिरिएका २३९ कैदीबन्दी फिर्ता भएका छन्।
  • फिर्ता हुनेमा २२७ पुरुष र १२ महिला कैदीबन्दी रहेका छन्, भने १८ भारतीय कैदीबन्दी अझै फरार छन्।
  • निमित्त प्रशासक रामदत्त जोशीले तीन दिनभित्र सम्पर्कमा नआएका कैदीबन्दी फिर्ता आउने आश्वासन दिएको जानकारी दिनुभयो।

३० भदौ, कञ्चनपुर । जेनजी आन्दोलनका क्रममा कञ्चनपुर कारागारबाट बाहिरिएका २३९ कैदीबन्दी फिर्ता भएका छन् । कारागार कार्यालय कञ्चनपुरका निमित्त प्रशासक रामदत्त जोशीका अनुसार फिर्ता हुनेमा २२७ पुरुष र १२ महिला कैदीबन्दी रहेका छन् ।

कारागारमा रहेका २८ जना भारतीय कैदीबन्दीमध्ये १० जनालाई मात्रै प्रहरीले पक्राउ गर्न सफल भएको छ । अझै १८ जना भारतीय कैदीबन्दी फरार रहेका छन् ।

कारागारमा ४७९ कैदीबन्दी रहेका थिए । जसमध्ये लागूऔषधका मात्रै १६९ जना रहेका छन् ।

‘कारागारबाट बाहिरिएकामध्ये केही कैदीबन्दीहरू सम्पर्कमा रहेका छन्,’ निमित्त प्रशासक जोशीले भने, ‘तीन दिनभित्र कारागारमा फिर्ता आउने अश्वासन दिएका छन्, सम्पर्कमा नआएका कैदीबन्दीको खोजीका लागि प्रहरीले खोजतलासको कार्य गरिरहेका छन् ।’ रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?