
बायाँबाट क्रमशः नवनियुक्त मन्त्रीहरू रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याल ।
३० भदौ, काठमाडौं । नवनियुक्त मन्त्री ओमप्रकाश अर्याललाई दुई वटा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका मन्त्री अर्याललाई गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
सोमबार अर्यालसँगै नवनियुक्त मन्त्रीहरू कुलमान घिसिङ र रामेश्वर खनालले शपथ लिएका छन् ।
घिसिङलाई ऊर्जा, भौतिक योजान र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ भने खनाललाई अर्थमन्त्रीको जिम्मेवारी दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4